आज मिति २०७७।१२।१८ गते नगर प्रमुख श्री हरिनारायण चौधरीज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरु र शाखा प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगालेज्यूलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिईयो !
धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित दुरविनडाँडा खानेपानी आयोजना अन्तर्गत खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम प्रदेश नं. २ का माननीय भौतिक पूर्वाधार तथा विकास मन्त्रीज्यूको प्रमुख अतिथित्यमा सुरक्षित खानेपानीयुक्त कार्यक्रम मिति २०७७।१०।१६ गते शुक्रवार सम्पन्न भयो ।
"शिक्षाको प्रसार एवं सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन" भन्ने मूल नाराका साथ नगर शिक्षा सम्मेलन २०७७, प्रमुख अथिति पूर्व शिक्षा मन्त्री श्री गिरीराज मणी पोखरेलज्यू र नगर प्रमुख श्री हरि नारायण चौधरीज्यूको अध्यक्षतामा कार्यक्रम सफलता पूर्वक मिति २०७७।१०।१५ गते विहिवार सम्पन्न भयो ।
प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता २०७७।०९।२७ गतेबाट निर्मल लामा कभर्ड हल प्राङ्गणमा शूरु भयोः धनगढीमाई नगरपालिकाका प्रमुख श्री हरि नारायण चौधरीज्यूबाट खेलको शुभ आरम्भ भयो। यो खेलमा वडा गत रुपमा खेलाडीहरु संम्लग्न छन्।
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन न्यायिक समितिलाई सामाग्री हस्तान्त्रण कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन महिला मैत्री क्वारेन्टाईनको लागि सामाग्री हस्तान्त्रण कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवारका दिन गर्भवती आमालाई पोषिलो प्याकेज वितरण उद्धघाटन कार्यक्रम
मिति २०७७ मंसिर १५ गते सोमवार विहान ११:०० बजे धनगढीमाई नगरपालिकाको नयनपुर अस्पताल परिसरमा निर्माण हुने १५ शैयाको अस्पताल भवनको शिलान्यास कार्यक्रम